अमिता चौधरी
दाङ,१२ मंसिर
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दाङ आउनुहुने भएको छ । कांग्रेस दाङले चुनावी प्रचार अन्र्तरगत आयोजना गर्ने वृहत आमसभामा सम्वोधनका लागि देउवा दाङ आउनुहुने भएको हो ।
आज मंसीर १२ गते जिल्लाको घोराही र तुलसीपुरमा आयोजना हुने वृहत आमसभालाई सम्वोधन गर्नका लागि देउवा दाङ आउने कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।
देउवासँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला र चुनावी प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड आउने सभापति खड्काले जानकारी दिनुभयो ।
चुनावी सभा तुलसीपुर र घोराहीमा हुने छ । जस अनुसार तुलसीपुरमा हुने सभालाई दिउसो साढे १ बजे र घोराहीमा हुने सभालाई दिउसो साढे २ बजे देउवाले सम्वोधन गर्ने कांग्रेस दाङले जानकारी दिएको छ ।
सभालाई सफल पार्नका लागि कांग्रेसप्रति आस्थावन एवं सुवेच्छुक सबैमा कांग्रेस दाङले अनुरोध गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।