कोरना कहर : प्याप्सन तथा एन प्याप्सनको राप्तीमा राहत सहयोग




देउखुरी,दाङ/चैत्र २६
विश्व ब्यापी कोरना कहर बढिरहेको बेला दाङ जिल्लाको राप्ती गाउँपालिकाले आफ्ना नागरिककको सुरक्षाका लागि थप योजना कार्यान्वय गर्ने निर्णय संगै गाउँपालिकाको अभियानमा राहत रकम जम्मा गर्ने कार्य सुरु भएको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न यस क्षेत्रमा कार्य गर्दै आएका संघ संस्थाले राहत स्वरुपको रकम कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सहयोग सुरु गरेका हुन् ।

यसैविचमा बुधवार राप्ती गाउँपालिका स्तरिय प्याप्सन तथा एन प्याप्सनमा आवद्ध सम्पुर्ण संस्थागत विद्यालयको तर्फवाट कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्माहुने गरि ६१ हजार १ सय ११ रुपैया राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई हरुतान्तरण गरिएको छ । प्याप्सन राप्ती गाउँपालिका संयोजक तेज बहादुर विष्ट तथा एन प्याप्सन दाङ जिल्ला सह सचिव विक्रान्त ज्ञवालीले विपन्न वर्गको दैनिक जिवीको पार्जनमा सहयोग पुग्ने गरि राहत रकम हस्तान्तरण गर्नु भएको हो ।

राहत रकम बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले स्थानिय सरकारले विश्व ब्यापी महामारी कोरना भाईरसको संक्रमण रोकथाममा नागरिकलाई लकडाउनमा बस्न आब्हान गरिरहेको र समुदायमा असहाय, अपाङ्ग, असक्त, गरिव विपन्न र दैनिक ज्यालादारी गरि जिवन यापन गर्ने परिवारलाई सक्दो राहत रामाग्री दिदै आएकोमा प्याप्सन तथा एन प्याप्सनमा आवद्ध सम्पुर्ण संस्थागत विद्यालयको तर्फवाट राहत रकम प्रदान गर्नुभएकोमा गाउँपालिकाको तर्फवाट धन्यवाद दिनुभएको थियो ।

अध्यक्ष सुवेदिले स्थानिय सरकारले नागरिकलाई भोकै नराख्ने तर सरकारको आब्हान लकडाउन मान्न र रोगको प्रकोप बाट आफुपनि बच्दै अरुलाई पनि बचाउन समेत सबै विद्यार्थी, अभिभावक लाई आब्हान गर्न समेत प्याप्सन तथा एन प्याप्सनमा आवद्ध सम्पुर्ण संस्थागत विद्यालयहरुलाई अनुरोध गर्नु भएको छ ।

राप्ती गाउँपालिकाकामा कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य का लागि विपन्न परिवार छनौट कार्य समेत सुरु गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्