आज सबै मतपेटिका संकलनको काम सकिने



सैघाली खबर
काठमाडौं,१२ मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा मंसिर १० गते आइतबार मतदान भएका सबै जिल्लामा आज मतपेटिका संकलन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४ सय १० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अन्य बाँकी ४ सय ६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ । आयोगका अनुसार आज साँझसम्म बाँकी मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने छन् । मौसममा समस्या देखिएर उडान हुन नसकेको खण्डमा भने मतपेटिका ल्याउन केही ढिला हुनसक्ने प्रवक्ता ढकालले बताउनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्