समाचार

दलहरु दोस्रो चरणको चुनावमा केन्द्रित

By थाहा अनलाइन

November 28, 2017

सैघाली खबर काठमाडौं,१२ मंसिर

प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरू दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन् । आजदेखि दलहरुले चुनावी प्रचार रणनीति बनाएर अघि बढ्ने बताएका छन् ।

पहिलो चरणमा उम्मेदवार बनेका नेताहरु आजदेखि दोस्रो चरणको प्रचारमा खटिदैछन् । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पहिलो चरणमा निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेतालाई दोस्रो चरणको निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभयो ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब पार्टीको सम्पूर्ण ध्यान दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएको बताउनुभयो ।