सैघाली खबर
काठमाडौं,१२ मंसिर
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा राति करिव १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ।
घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ। घरमा सामान्य क्षति भएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै हुनुहुन्थ्यो । प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो । शंकास्पद एक जनालाई पक्राउ गरिएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।