साना हात हतियार सहित एक जना व्यक्ति पक्राउ



जेष्ठ २१ , दाङ । दाङ प्रहरीले साना हात हातहतियार निर्माण उद्योग सहित एक जना व्यक्ति लाई पक्राउ गरेको छ । तुलसीपुर क्षेत्रवाट हतियार बनाउँदै आएको एकजना व्यक्ति र केही हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

pistol- 2
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाका अनुसार तुलसीपुर उप–महानगरपालिका वडा न. ४ सिमखोलीका ६३ बर्षीय विक्रम विकको घरवाट तयारी अवस्थामा रहेका ४ थान नलकट्टा पेस्तोल र २ थान भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए । बिकले २०४५ सालदेखि नै आफुले यसरी हतियार बनाउँदै आएको बयान दिएको डिएसी तिम्सिनाले बताए । उनले एउटा हतियार तीन हजार देखि ७ हजार सम्म विक्रिगर्ने गरेको बताए ।

यसैविच घोराही बाट साधा पोशाकमा खटियको सुदिप बुढा नेतृत्वको प्रहरी टोलिले शनिवार दिउँसो विकसहित हतियार समेत बरामद गर्न सफल भएको हो । बुढा नेतृत्वको टोलिले गोप्य सूचनाको आधारमा छापा हानेर हतियार बनाउँदै गरेको अवस्थामा विकसहित हतियार र गोलिहरु समेत बरामद गरेको छ ।

सुदिप बुढाका अनुसार थप १७ थान भरुवा बन्दुकको नाल, नलकट्टा पेस्तोलको नाल ७ थान, ५।५६ बुलेट ९ थान, ७।७२ बुलेट १ थान, बारुद २ केजी बरामद भएको छ । त्यस्तै आरन पंखा १ थान, हथौडा २ थान, सनासो २ थान र पिन काट्ने कैंची लगायतका औजार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका विकको वारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्