हेलिकोप्टरबाट हुम्लाका सवै मतपेटिका ओसारियो



सैघाली खबर
हुम्ला ,१२ मंसिर

दुुर्गम स्थानका ३६ वटा मतदान स्थलका १०८ मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार सदरमुुकाम सिमकोट ल्याइएको छ । चार दिन पैदल हिड्नुु पर्ने भएपछि सुुरक्षाका दृृष्टिले ती मत पेटिका हेलिकोप्टरबाट ओसारिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

नाम्खा, ताँजाकोट, अदानचुुली, सर्केगार्ड र चंखेली गाँउ पालिकाको ३६ मतदान स्थलका मत पेटिका सवै हेलिबाट ढुवानी गरिएको जिल्ला सुुरक्षा समितिक अध्यक्ष एवं प्रमुुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

नाम्खाका ७ वटा मतदान केन्द्र, जाँग, हल्जी, तील, यारी, मुुचुु, चाला र याल्वाङ्ग, ताँजाकोट र अदानचुुलीका १२ वटा मतदान केन्द्रका ३६ मत पेटिका र सर्केगार्ड र चंखेलीका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका सवै हेलिकोप्टरवाट ढुवानी गरिएको उहाँले बताउनुभयो ।

सिमकोट, खार्पुुनाथ र नाम्खाका ३ वटा मतदा केन्द्र गरी १६ वटा मतदान केन्द ४८ मत पेटिका पैदलै हिडेर मुख्य निर्वाचन कार्यालयमा यसअघि नै ल्याइ सकिएको मुख्य निर्वाचन अधिकृृत मेदेनी प्रसाद शर्मा पौडेलले वताउनुु भयो ।

जिल्लाको कुुल मतदाता संख्या २७ हजार ४ सय ३५ रहेकोमा हुुम्ला जिल्लाका ५२ वटै मतदान केन्द्रमा गरेर २१ हजार ७ सय २३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार भएको मतदानमा हुम्लामा ७९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृृत पौडेलले जानकारी दिनुभएको छ । हुम्लामा १० हजार ८ सय ६८ महिला र १० हजार ८ सय ५५ पुुरुष मतदाताले मत दिएका छन् ।

मत पेटिकालाई सुुरक्षित राख्नका लागि जिल्ला समन्वय समितिको सभाहललाई कडा सुुरक्षा घेरामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत शिव प्रसाद पोखरेलले वताउनुु भयो ।

प्रतिनिधि सभा सदस्यको लागि एक र प्रदेश सभाको लागि दुुई वटा क्षेत्र रहेको हुम्लामा दुुवै तह गरे विभिन्न दल तथा स्वतन्त्र उम्मेरदार गरी प्रतिनिधि सभाका लागि ७ जना र प्रदेश सभाका लागि ६ जना प्रतिश्प्रर्धामा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्