ज्वालामुखी फुट्ने खतरा बढेपछि एक लाख मानिसलाई अन्यत्र जान चेतावनी



सैघाली खबर
काठमाडौं,१२ मंसिर

इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ ।

इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो ।प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ ।

जसका कारण कयौं यात्रु अलपत्र परेका छन् ।माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाईसम्म खरानी र धुँवाको मुस्लो फैलिएको वीवीसीले लेखेको छ । हिजो मात्रै ४० हजार मानिस अन्यत्र सरिसकेका छन् । ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्