कोरोनाको प्रकोप : विश्वभर संक्रमितको संख्या १५ लाख नाघ्यो, ८८ हजार बढीको मृत्यु



काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार १५ लाख ११ हजार ३ सय ४६ व्यक्ति संक्रमित भएका छन् भने ८८ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।संक्रमित मध्ये ३ लाख २९ हजार ७ सय २६ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सबैभन्दा बढी ४ लाख २८ हजार ३ सय ५५ जना संक्रमित भएका छन् ।

थप १८ सय ९५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ३६ पुगेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ ।

मृतकको संख्या बढेर १४ हजार ७ सय ९२ पुगेको छ । इटलीमा १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित भएका छन् भने १७ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० पुगेको छ । १० हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।बेलायतमा कोरोना संक्रमितको संख्या ६० हजार ७ सय ३३ र ७ हजार ९७ जनाको मृत्यु भएको छ ।

यस्तै, भारतमा संक्रमितको संख्या बढेर ५ हजार ९ सय १६ र मृतकको संख्या १ सय ७८ पुगेको छ ।पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६३ पुगेको छ । ६१ जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्