भारतका प्रधानमन्त्री मोदीले भने – २१ दिन लामो लकडाउन फेरि बढ्छ



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि आफू लकडाउन अवधि बढाउन लागेको बताएका हुन् ।

लकडाउन अवधि सकिन केही दिन बाँकी रहँदा प्रधानमन्त्री मोदीको यस्तो भनाइ आएको हो । भारतमा १४ अप्रिलसम्म लकडाउन छ । भारतले एकै पटक २१ दिनका लागि लकडाउन तोकेको थियो ।

प्रधानमन्त्री मोदीले कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दूरी लागु गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्