आज देखि बाँकेको खजुरामा स्वास्थ्य स्वयंसेविका परिचालन




२७ चैत्र, बाँके
बाँकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि खजुराका ८ वडाका स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।

खजुरामा रहेका १०८ जना स्वयंसेविकालाई आजदेखि परिचालन गर्न लागिएको खजुरा गाउँ पलिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । त्यसको लागि आज वडा वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको खजुरा गाउँपालिकाका प्रमुख स्वस्थ्य शाखा प्रमुख पुर्ण बहादुर खड्काले बताउनुभयो ।

घरघरमा पुगेर उनीहरूले विवरण संकलन गर्नेछन् । सबै वडामा पुगेर उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिनुभयो । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गरि रहेकाछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्