राहत वितरणको नाममा लक डाउन उल्लङघन गदैँ तारकेश्वर नपा वडा नं ४




काठमाण्डौँ, चैत्र २७
हाल विश्व नै कोरोना भाइरस अर्थात कोडि १९ को सन्त्रासमा रहेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को प्रभाव नेपालमा पनि त्यत्तिकै परेको छ । सरकारले सर्तकताको लागि भन्दै यति बेला देशलाई लक डाउन गरिरहेको छ । तर सरकार कै जनप्रतिनिधिले भने त्यसैको उल्लङघन गरिरहेका छन् ।

राहत वितरण गर्ने भन्दै काठमाण्डौँको तारकेश्वर नगरपालिका वडा नं ४ ले वडा कार्यालय परिसरमा अनावश्यक रुपमा वडावासिहरु भेला गरेर लक डाउन उल्लङघन गरेको छ । बिहिबार राहत वितरण गर्ने भन्दै मानिसहरु भेला गरिएको हो । सरकारले भने अझै दुई साता कडाईका साथ लक डाउन पालना गर्नु पर्ने भनिरहदाँ जनप्रतिनिधिले नै त्यसको विपरित कार्य गरिरहेका छन् । वडा अध्यक्ष नगेन्द्र दास श्रेष्ठ लगाएत वडाको प्रतिनिधित्वमा खुलेआम राहत वितरण गरिएको छ ।

यस विपतको समयमा हरेक नागरिकलाई सरकारले घर भित्रै बस्न अनुरोध गरिरहेको छ । भेला, सभा, सम्मेलन जस्ता कार्य गर्न पाईदैन । तर हामिले देखेको दृश्यमा त्यो पाउँन सकिदैन् । स्थानिय तहको जनप्रतिनिधि आफैमा सरकार रहिरहदाँ आफ्नो मातहतका नागरिकलाई सचेत एवम् सजग गराउनु भन्दा पनि ५ किलो चामलमा आम नागरिकको जीवन संग खेलबाड गरिरहेको पाईन्छ ।

हेर्नुहोस् दृश्यमा :

                                                                                                                                                                       तस्वीर : जीवन राना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्