दाङ राजधानी बनाउन बामपन्थिका सबै उम्मेदवारले जित्नु पर्छ -अपार



दिपक बोहरा, तुलसीपुर १२ मंसिर ।

बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’ले प्रदेश नं. ५ को राजधानी दाङमा बनाउनका लागि दाङका सबै बामगठबन्धनका उम्मेदवारले जित्नु पर्ने बताएका छन् । तुलसीपुर ३ डाँडाखुटीमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै उनले दाङमा बामपन्थिका सबै उम्मेदवारले जिते मात्रै बहुमतका आधारमा प्रदेशको राजधानी दाङ बनाउन सकिने उनको भनाई थियो । प्रदेश नं. ५ को अधिकांस ठाउमा बामपन्थिले जित्ने भन्दै दाङका सबैले जिते बामपन्थिको बहुमतबाट दाङमा प्रादेशीक राजधानी बनाईने बताए । बामपन्थिको आधिकारीक निर्णय दाङमा प्रादेशीक राजधानी बनाउने भएकाले त्यसका लागि बामपन्थिका सबै उम्मेदवारले जित्नु पर्ने अपरिहार्य रहेको उनको भनाई छ । ‘सबै हिसाबले दाङ राजधानी उपर्युक्त छ ’ उनले भने ‘ तर बामपन्थिका सबै उम्मेदवारले जित्न आबश्यक छ ।’ उनले बामपन्थिले देशभरबाट दुई तिहाई बहुमत ल्याउने भन्दै अन्यपार्टीलाई मत दिएर आफ्नो अमुल्य मत खेर नफाल्न पनि मतदातालाई आग्रह गरेका छन् ।
उनले वामपन्थीहरुको जनमत स्थापति गर्ने र स्थायी सरकार सञ्चालनका लागि मात्रै गठबन्धन भएको भन्दै अधिनायकवादको भ्रम नफैलाउन काग्रेसलाई आग्रह गरे । सभामा बिभिन्न पार्टी परित्याग गरि २० जना भन्दा बढीले बाामगठबन्धनमा प्रबेश गरेका थिए । चुनाबी सभामा एमालेको नेता कृष्ण भुषाल, माओवादी केन्द्रका नेता खुसीराम चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्