जिप्रका नुवाकोटद्धारा राहत कोषमा ६९ हजार ९ सय ११ जम्मा



नुवाकोट, चैत्र २७ 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा उपचार सहयोगार्थ सरकारबाट स्थापना गरिएको राहत कोषमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले ६९ हजार ९ सय ११ रुपैया जम्मा गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरुको तलबकाट कट्टा गरीने गरी राहत रकम जम्मा गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । कार्यालयमा कार्यरत राज पत्रांक प्रथम श्रेणीका कर्मचारीको शुरु तलब सकेलको ७ दिन, रा.प.द्धितीय र तृतीय श्रेणीका कर्मचारीको शरु तलब स्केलको ५ दिन र रा.प.अनंकित र श्रेणीविहिन कर्मचारीको शुरु तलब स्केलको ३ दिनका दरले हुन आउने रकम कट्टा गरी कुल रकम ६९ हजार ९ सय ११ रुपैयाँ कोषमा जम्मा गरीएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्