रोल्पाका सबै मतपेटिका सदरमुकाम लिबाङमा ल्याइयो



सैघाली खबर,
रोल्पा, १२ —मंसिर ।रोल्पाको उवाबाट मतपेटिका हेलिकप्टरमार्फत मंगलबार बिहान लिबाङ ल्याइएपछि जिल्लाका सबै मतपेटिकाको संकलन सकिएको छ । दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो ।१६० मतदान केन्द्र मध्ये मंगलबार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । जम्मा गरिएका मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयको कोठामा सिलबन्दी गर्ने तयारी भइरहेको गिरीले बताउनुभयो ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्