समाचार

रोल्पाका सबै मतपेटिका सदरमुकाम लिबाङमा ल्याइयो

By थाहा अनलाइन

November 28, 2017

सैघाली खबर, रोल्पा, १२ —मंसिर ।रोल्पाको उवाबाट मतपेटिका हेलिकप्टरमार्फत मंगलबार बिहान लिबाङ ल्याइएपछि जिल्लाका सबै मतपेटिकाको संकलन सकिएको छ । दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो ।१६० मतदान केन्द्र मध्ये मंगलबार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । जम्मा गरिएका मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयको कोठामा सिलबन्दी गर्ने तयारी भइरहेको गिरीले बताउनुभयो ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।