खजुरा -सितापुर राहत समिती बाँकेद्वारा राहत कोष संकलन




२७ चैत्र, बाँके ।
खजुरा -सितापुर राहत समिती बाँकेले आज मिति २७ चैत्र सम्म राहत कोषमा रु २ लाख पाँच हजार संकलन गरेको छ । सितापुर बिपत्त राहत कोष खजुरा-२ बाकेले coronavirus निम्तायको माहामारी बिपत्तमा अति बिपन परिवारका लाई राहत संकलन गरेर सहयोग गर्ने भएको छ । गत २० गते सितापुर राहत समिती सन्त बह्कदुर खत्रीको सयोजक्तामा २२ जना सदस्यहरुको समिती गठन गरि सहयोग कोषमा संकलन गर्न थालेको सयोजक खत्रीले जानकारी दिएका छन ।

उनले भने अनुसार खजुरा गाउँपालिका वडा न. २ अन्तर्गत २५१ जनालाई वडाले राहत वितरण गरेको हो । वितरण गर्ने क्रममा पनि वडामा केही व्यक्ति छुटेका छन । छुटेका व्यक्तिहरुलाई गाउँ पालिका संग समन्वय गरि गाउँमा बिपतको बेलामा गठित समितीले सम्पुर्णलाई सहयोग गर्ने प्रयास गरेको सयोजक खत्रीको भनाइ रहेको छ ।

खजुराका बिद्यालय, संस्था, गरि खाने व्यक्ति समेतले सहयोगको भावना राखी अगाडि बढेका छन । जसमा रु ५०० देखि रु ११११सम्म सहयोग गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्