चेम्बरद्वारा सुरक्षाकर्मी,पत्रकार र स्वमसेविकालाई मेडिकल मास्क प्रदान



ओमप्रकाश गुप्ता सिसहनियाँ २७ चैत्र । दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन सुरक्षाकर्मी,पत्रकार र महिला स्वास्थ्य स्वमसेविकालाई बिहीबार मेडिकल मास्क उपलब्ध गराएको छ । दाङ जिल्ला चेम्बर अफ कमर्सले उपलब्ध गराएको ५ सय पिस मास्क राप्ती गाउँपालिका चेम्बर अफ कमर्सलाई उपलब्ध गराएपछि चेम्बरका अध्यक्ष कुमार अधिकारी र उपाध्यक्ष मनु बेल्वासेले संयुक्त रूपमा प्रहरी चाैकी सिसहनियाँका प्रमुख तथा प्रहरी नायव निरिक्षक गोपालकुमार मल्ल, महिला स्वास्थ्य स्वमसेविका श्यामा रावत र नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा पत्रकार ओमप्रकाश गुप्तालाई प्रदान गरेका छन् । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न र बचाउन सरकारले लकडाउन लागु गरेपछि सुरक्षामा खटिने प्रहरी,रिपोर्टङमा खटिने पत्रकार र स्वास्थ्यमा खटिने महिला स्वास्थ्य स्वमसेविका बढी जोखिममा पर्ने भएकाले सो मास्क प्रदान गरेको चेम्बरले बताएको छ । चेम्बरले लकडाउन भए यता नियमित रूपमा मास्क प्रदान,अलपत्रमा परेकाहरूलाई खाना खुवाउने र गन्तव्यमा पठाउने,वडा वडामा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक माइकिङ,व्यानर टाँस गर्ने काम गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्