हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित ५ घाइते



सैघाली खबर,
काठमाडौं १२ मसिंर।
तारा एयरको विमान हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ ।

मंगलबार बिहान सुर्खेत उड्ने तयारी गर्दै गर्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटनामा परी पाइलटसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा केही क्षति भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्