प्रभु बैंक लमही शाखाको पनि बिपन्नलाई सहयोग



 

 टेकबहादुर पुन, दाङ्ग । प्रभु बैंक लमही शाखाले संकलन गरेको राहात बिहिबार लमही नगरपालिका लाई जिम्मा लगाएको छ । लक-डाउनको समयमा अतिबिपन्न तथा मजदुर हरुको दैनिक उपभोग्य सामाग्रीको अभाब पुर्ती गर्ने उद्देश्यले राहात स्वरुप खाद्यान्न हस्तान्तरण गरिएको प्रभु बैंक लमही शाखाका प्रमुख तुलसीराम पौडेलले जानकारी दिए । लमही नगर अन्तरगतका सम्पुर्ण वडाहरुमा एकद्वार प्रणाली मार्फत अभिलेख रहनेगरी बिपन्न तथा मजदुर बर्गलाई नछुटाइ राहात वितरण गर्न शाखाले लमही नगरपालिकालाई अनुरोध गरेको छ । कोरोना संक्रमणका लागि सरकारद्वारा थालिएका हरेक कदम प्रती प्रभु बैंकको पनि पुर्ण साथ र समर्थन रहने र सबैले साबधानी अपनाउन लमही शाखाका सम्बन्ध अधिकृत सबिन केसीले सबैमा अनुरोध गरेका छन् । प्रभु बैंक लमही शाखाले ६ क्विन्टल २५ किलो चामल (२५ बोरा), १ क्विन्टल दाल (४ बोरा), १ सय २० पोका तेल र ५० किलो नुन लमही नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेलबासेलाई हस्तान्तरण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्