मिलिजुली आमा समुहद्धारा दैवि प्रकोप उद्धार विशेष कोषमा आर्थिक सहयोग



। सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको दैवि प्रकोप उद्धार विशेष कोषमा सुनवल वडा नम्वर ४ मा रहेको मिलिजुली आमा समुहले रु ११ हजार ५ सय ५५ रुपौया आर्थिक सहयोग गरेको छ । मिलिजुली आमा समुहकी उपाध्यक्ष लक्ष्मी भट्टराई, कोषाध्यक्ष राजकुमारी कंडेल तथा सल्लहाकार चन्द्रकुमारी कंडेलको उपस्थतिमा अध्यक्ष ज्ञानु गौतमले सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापालाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको छ । महाविपत्तीको यस समयमा सवैको सहयोगको आवश्यकता रहेकोले मिलिजुली आमा समुहको तर्फवाट पनि दैनिक मजदुरी गरेर खानेहरुको लागी सहयोग स्वरुप आर्थिक सहयोग गरेको आमा समुहकी अध्यक्ष ज्ञानु गौतमले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्