बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



 नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ३ मा विहीबार साँझ भे १ त ९७४० नम्बरको टेक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बौदीकाली ३ को रिप्दीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा दुर्घटनामा परी बौदीकाली ३ का ट्याक्टर चालक २४ बर्षीय तुलवीर मश्राङ्गी मगरको घटना स्थलमै मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । बारी जोत्ने क्रममा ट्याक्टर अन्यत्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्