विश्वकै ठुलो शालिग्राम शिला रहेको सेदिवेणीमा वैशाखै संक्रान्ती मेला नलाग्ने



 

अमृत भट्टराई , बिहादी,पर्वत । विश्वकै ठुलो शालिग्राम शिला रहेको पर्वत ,गुल्मी र स्याङ्जाको सिमानामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सेदिवेणीमा नयाँ सालको वर्ष २०७७ को अवसरमा शिला दर्शन पुजा गर्ने र मेला लगाउन जिल्ला प्रशासन कार्यलय पर्वतले बिहीबार एक सुचना जारी गर्दै सेदिवेणीमा मेला लगाउन रोक लगाएको छ ।

 

प्रशासनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड 19 भाइरसको सङ्कमणको जोखिम न्यूनीकरणका लागि भन्दै मेलामा रोक लगाएको हो ।नव वर्षको स्वागतको अवसरमा गरिने कुनै पनि धार्मिक मेला पुजाआजा सांस्कृतिक जमघट पाटी समेत नगर्न प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले सुचना जारी गर्दै यो समयमा पुजाआजा, मेलामा मा जम्मा नभइ घरमै बसेर सहयोग गर्ने समेत अनुरोध गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्