युकेमा बिहिवार ८,८१ जनाको कोरोना संक्रमणबाट मृत्यु



सरु सुनार , युके ।युकेमा कोरोना भाइरसबाट बिहिवार २४ घण्टामा ८८१ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको कारणले युकेमा पछिल्लो समय मृत्यु हुनेको संख्या र सक्रमित संख्या ह्वात्तै बढेको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ( एनएचएस)ले दिएको जानकारी अनुसार बुधबार कोरोना भाइरसको कारण ८८१ ले ज्यान गुमाएका हुन् ।

नयाँ संक्रमित ४,३,४४ ,मृत्यु हुने ७,९,७८ पुगेको छन् भने संक्रमित ६५,०७७ पुगेका छन् । बुधबार भने संक्रमित ६०,७,३३ ,नयाँ संक्रमित ५,४,८१ र मृत्यु हुनेको संख्या ७,०९७ रहेकोे थियोे । दैनिक रेसियो हेर्दा पनि युकेमा दिन प्रतिदिन संक्रमित र मृत्यु संख्या बढिरहेको छ । युकेमा लकडाउन कडिकडाउका साथ लागू भएको छ । पुरै सुपरमार्केट बन्द छ , सडक सुनसान र खाली छ केही रासन पसल र मेडिकलमा समेत २,३ जना ग्राहक बाहेक एकै साथ जान पाउदैनन् । काममा जानेले आफ्नो कार्ड र कारमा समेत दुई , तीन जना बाहेक आफ्नो परिवार मात्र हिडन पाउने भएको छ । पुलिसहरुको कडा चेकिङ र लकडाउन भए पनि युकेले कोरोना रोक्न भने सकेको छैन झनै दिनदिनै संक्रमित र मृत्यु भने ह्वात्तै बढेको छ । बेलायतको सरकारले जनजीवनमा असर र असुविधा नहोस् भनी भोलिन्टियरहरुले घरमा आबस्यक चिजहरु पुरयाइदिने ब्यबस्था गरेको छ । तीन हप्ताको लकडाउन चलिरहेको छ भने सरकारले तीन महिनाको सेलरी ८०% दिने र घरभाडा छुट गर्ने सरकारले घोषणा गरिसकेको छ । कोरोना संक्रमणबाट युकेमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत १० दिन घर मै क्वारेन्टाइनमा बसेका थिए भने गत सोमबार प्रधानमन्त्रीको अबस्था गम्भीर भए पछि लन्डनको एस .टि थोमस हस्पिटलमा भर्ना भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्