मतदान अधिकृत बीच बाटोबाटै सम्पर्कविहीन, मतपेटिका अलपत्र



सैघाली खबर,

बाजुरा १२ मंसिर, । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्कविहीन भएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा उनी बीच बाटोबाटै सम्पर्कविहीन भएको बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले जानकारी दिए।

 

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् ।

प्रहरीले सम्पर्कविहीन गिरीको खोजी कार्य जारी राखे पनि फेला पार्न सकेको छैन ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्