बसेर बियालो, बेच्दा पैसा



गोविन्द खड्का,
घोराही, २१ मसिंर।
दिनभरी काम गरेर सा“झ घरमा सधै ठिक्क भात पाकेको हुदैन । पर्खिदाको बसी वियालो जाल बुन्नुहुन्छ घोराही १५ का चैनु चौधरी । साठी बर्षे उमेर पार गर्नै लाग्दा पनि चौधरीलाई थकाईले सुस्तीनु छैन ।
फुर्सदलाई फलाउनेहरु कमै हुन्छन् । आफ्नो नियमित डियुटि सकेपछि मनोरन्जन धेरैको रोजाई हुन्छ । काममै रमाउने कमै हुन्छन् । मेहनतमा रमाईलो छ भन्नेहरु बसी वियालो पनि काममै जोतिन्छन् । ‘यो काम दिनमारी गर्न सकिन्न’ चौधरीले भन्नुभयो, ‘हेर्दा हेर्दा आखा झिल्मीलीन्छन् ।’ यसो त साथी भाई संग भेटहुदा गफ गाफ र हात संगै चलाउनुहुन्छ । कुराकानी भई रहन्छ । चौधरीको हात जाल बुन्नमा आफ्नै गतिमा चलेको देख्न पाईन्छ ।
एउटा जाल बुनेको दुई हजार पा“च सय रुपैया“मा बिक्री गर्न सकिने चौधरीको भनाईछ । उहाका अनुसार सजिलै त्यत्रो पैसा भने आउदैन । दुई तिन वटा बोरा उदारेपछि एउटा जाल बुन्ने धागो निश्कन्छ । त्यसलाई ताकुमा डोरी बाट्नुपर्छ । तिन सराको एउटा डोरी तयार हुन्छ । फरक फरक तिन सरा डोरी एउटै बाट्न मेहनत लाग्छ । त्यसलाई जाल बुन्नुपर्छ । धेरै समय लाग्छ ।
‘सधै विक्रहुदैन । बिके बेच्ने हो’ चौधरीले भन्नुभयो ‘दुईवटा टंगाएर राख्या छु खोज्न आ छैनन् गाक लगा छु ।’ चौधरीका अनुसार दशैतिहार आउदै गरेकाले पिर लागेको छैन । त्यसबेला जति पनि बिक्री हुन्छन् । जहा तहि खोजेर यो जाल पाईदैन । पुराना बुन्ने मान्छेहरु छैनन् । ‘तास खेल्छन्, घुच्ची खेल्छन्’ चौधरीले भन्नुभयो, ‘अहिलेकाले यो धामा का“ गर्लान् ?’
दुःख गर्नुनपर्ने गरी महाजालको जमाना आएको छ । नाईलनको त्यो जालले वारको पार छेक्छ । दुईजनाले एकै चोटि माछा मार्न सक्छन् । दगुर्दै आएको माछा ठक्कर लागि त्यहि अडकिन्छ । केहिले खोलामा औषधि प्रयोग गर्छन् । खोलाभरीका माछा, सर्प, भ्यागुता सबै मार्र्दिन्छन् । गाई गोरुलाई पानी खुवाउन नमिल्ने बनाएका छन् । केहिले पड्काएर पनि माछा मार्न थालेका छन् । चौधरीका अनुसार त्यसरी डरलाग्दो काम गर्नु ठिक होईन । महंगोमा किनेको नाईलनको जाल तटवन्ध गरेका जालीहरुमा अड्कीएर चुडिन्छ । महंगोमा किनेर चाडै नोक्सान हुन्छ ।
साईकलको चक्कामा रिङ जस्तै बेरेर बनाउन सकिन्छ चौधरीले बुनेका जाल । कम्मरमा पेरुङगो बाध्ने र जाल घवास्सै पानीमा डुबाउने हो । निकाल्दा माछा उबाउने हो । निकाल्दा माछा आएनन् बालुवा छ भने टक्टक्याउन सकिन्छ । कतै अड्कियो भने पनि तान्न सकिन्छ । सितिमिति च्यातिदैन । सबै खोलाहरुमा जालिहालेको अहिलेको अबस्थामा चौधरीले बुन्ने जालनै उपयुक्त छ । एक पटक किने चार पा“च बर्ष ढुक्क हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्