अमिता चौधरी ,दाङ
जेष्ठ,२१,
मानव अधिकारको अबस्थामा अझै सुधार आउन नसकेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जले मानव अधिकारको अबस्थाका बिषयमा आज दाङको घोराहीमा गरेको छलफल कार्यक्रमा सहभागिहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
तीन बर्षको अबधिलाई मूल्यांकन गर्दा पनि मानव अधिकारको अबस्थामा सुधार आउन नसकेको आयोगले जनाएको छ । नयाँ संविधान जारी भए संगै दण्डहिनताको अन्त्य नहुदा मानव अधिकारको संरक्षणमा समेत चुनौती थपिएको आयोगले जनाएको छ ।
हत्या, हिंसा, कुटपिट, बलात्कार, लान्छाना, बिभेद, बन्द हडताल जस्ता कार्यहरु रोकिन नसकेको प्रति उनिहरुले चिन्ता व्यक्त गरेका छन् । बालबालिकाले पढ्न नपाएको, हिंसा पिडितहरुले न्याय नपाएको, सिमेन्ट उद्योगले मानविय र बाताबरणिय स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै उनिहरुले गुनासो ब्यतगरेका छन ।
कार्यक्रममा आयोगका क्षेत्रिय प्रमुख मुरारी खरेलले कानुन कार्यान्वयनमा राज्यका निकायहरु जिम्मेवार नहुदा मानव अधिकारको अबस्था नाजुक बनेको बताउनु भयको छ । खरेलले कानुन कार्यान्वयनमा रहेका निकायहरु राजनितिक प्रभाबमा पर्दा निरास छाएको बताउनु भयो ।
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले मानव अधिकारको प्रत्याभुत गराउन प्रशासन सधै प्रतिबद्ध रहेको बताउनु भयो । प्रत्येक कार्यालयलाई मानब अधिकारमैत्री बनाउन आफु सधै लागि परेको भन्दै उहाले अनुशासित र जिम्मेवार बन्न सबैलाई आग्रह समेत गर्नु भयो ।
त्यसैबिच, प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले कानुन कार्यान्वयनमा सबैको सहयोग आबश्यक पर्ने बताउनु भयो । विकास र परिबर्तन सँगै अपराध जन्मिने भएकाले न्यायिक निरुपणमा प्रहरीलाई जनताले साथ दिनुपर्नेमा सिंहले जोडदिनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।