सैघाली खबर,
तुलसीपुर १२ मंसिर ।
तुलसीपुरमा बम बिस्पोट भएको छ । बमबिस्पोटमा परि ८ जना घाईते भएका छन् । घाईतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश बिष्टले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका ५ तलसीबोर्डिङ चोक नजिकै अज्ञात समुहले बम बिस्पोट बनाएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाँकि छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।