जातिय नारा भजाएर चुनाब जित्ने आश नगरे हुन्छ- अपार



दिपक बोहरा, तुलसीपुर १२ मंसिर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले जातिय नारा भजाएर चुनाब जित्ने आश गर्नु मुर्खता भएको बताएका छन् । मुलुक परिबर्तनको पक्षमा गईरहेको अबस्थामा अहिले पनि जातिय नारा भजाएर केही राजनीतिक दलले भोट मागिरहेको भन्दै परिबर्तन नचहाने दलले त्यस्तो गरिरहेको बताए ।

सबै जातजाति, बर्ग, लिंग, भाषाभाषी एक भईरहेको अबस्थामा पनि जातिय आधारमा भोट मागेर मतदातालाई झुक्याउनु पुरानो बिरासतको मानसिकता रहेको बताए । मुलुक बिज्ञान र प्रबिधको युगसंग तीब्र रुपमा अगाडि बढिरहेको अबस्थामा पनि परम्परागत शैलीले मुलुक सम्बृद्ध हुन नसक्ने उनको भनाई थियो । ‘ बिगतमा थारुले थारुलाई नै भोट दिनु पर्छ भन्ने मानसिकताले देशको हालत यस्तो भयो’ उनले भने ‘ अझै पनि मानसिकता परिबर्तन नभएमा मुलुक ५० बर्ष पछि धकेलिन्छ ।’

तुलसीपुरका बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै अपारले काग्रेसका उम्मेदवारहरुले जातिय नारा लिएर मतमाग्न हिडेको भन्दै जातिय नारा भजाएर मतदाताले मत नदिने बताएका छन् । उनले जन्मले चौधरी नभएपनि कर्मले चौधरीले भएको बताए । उनले चौधरी समुदायका हरेक समस्या नजिकबाट नियालेको भन्दै ती समस्या सामाधान गर्ने समेत प्रतिबद्धता जनाए ।

मतदातालाई जातको आधारमा मात्र भोट नहाल्न समेत आह्वान गरेका छन । उनले दाङका हरेक समुदायहरुको बीचमा भावनात्मक एकता कायम गर्नको लागि बामपन्थीको विजय आवश्यक भएको बताए ।

मुलुकमा बामगठबन्धनले जित्ने निश्चित भएपछि काग्रेसका उम्मेदवारले चुनाब जित्न जातिय नारा लिएको भन्दै उनले मतदाता परिबर्तनको पक्षमा रहेको बताए । उनले गलत आरोप प्रत्यारोप गर्दैमा चुनाब नजितिने समेत बताए । अर्काको गलत कुरा गर्ने उम्मेदवारमा कुनै पनि भिजन नहुने समेत उनको भनाई थियो । आफ्नो भिजन जनतामाझ लिएर जाने सन्दर्भमा उल्टै अर्काको बिरुद्धमा उत्रन्छ भने त्यस्तो ब्यक्तिमा नयाँ कुनै भिजन नहुँने समेत बताए ।

काग्रेस बिकासको पक्षमा नरहेको भन्दै उनले बामपन्थीले ५ बर्षमा कायापलट गर्ने योजना बिथोल्न लागेको समेत बताए ।

काग्रेसले पटक पटक जितेर सत्तामा पुगेपनि बिकासको गतिमा अगाडि बढाउन नसकेको भन्दै अब बामपन्थीले ५ बर्षमा देशलाई समृद्ध बिकसित बनाएरै छोड्ने बताएका छन् । मुलुकमा माओवादी केन्द्र र एमालेले गठबन्धन गरेर समृद्धिको मार्गमा लिने योजना बनाएसंगै जनतामा परिबर्तनको आशा पलाएको उनको भनाई छ ।

उनले फरक प्रसगमा मतदाताको एक भोट पनि अमुल्य रहेको बताएका छन् । मतदाताको एक भोटले मात्रै पनि हार जित हुन सक्ने भन्दै दाङ राजधानी बनाउन बामगठबन्धनले जित्नु पर्ने उनको भनाई थियो । अधिकांस ठाउमा बामगठबन्धनले बिजय हाँसिल गर्ने भन्दै प्रादेशीक राजधानी दाङमा ल्याउन बामगठबन्धनले जिते पछि बहुमत पुग्ने र प्रदेशिक राजधानी दाङमा ल्याउन सकिने उनको भनाई थियो । मतदाताको एक भोटले मात्रै पछि परेमा बामगठबन्धन पछाडि पर्न सक्ने भन्दै मतदाताको प्रत्येक भोट अमुल्य रहेको बताएका छन् । मुलुकमा बामगठबन्धनले दुई तिहाई बहुमत ल्याउने भन्दै अन्य पार्टीलाई भोट दिएर आफ्नो अमुल्य भोट खेर नफाल्न आग्रह गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपारले आईतबार तुलसीपुर १४ मा भएका बिभिन्न चुनाबी कोणसभालाई सम्बोधन गर्दै बामगठबन्धनले स्थायी सरकार निर्माण गरी पाँच बर्षमा समृद्ध र बिकसित बनाउन एकता गरेको बताए । मुलुकका ठुला दल माओवादी केन्द्र र एमालेले गठबन्धन गरेसंगै बामगठबन्धनको दुई तिहाई बहुमत आउने उनले बताए । बामगठबन्धनले जित्ने भएपछि अहिले मतदाताहरुले पनि बामगठबन्धन बाहेक अन्य पार्टीलाई मत दिएर आफ्नो अमुल्य मत खेर फाल्न नचाहेको उनको भनाई थियो । चुनाबी अभिायनमा एमाले नेता कृष्ण भुषाल, माओवादी केन्द्रका नेता खुसीराम चौधरीलगायतले मनत्ब्य ब्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्