तुलसिपुरमा भएको बम विष्फोटमा परी एक म्यादी सहित ८ जना घाईते



सैघाली खबर
दाङ , १२ मंसिर


दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन ।घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । एक जना व्यक्तिले सडकमा बम फ्यालेर भागेपछि विष्फोट भएको घटनास्थलमा रहेका डिएसपी सुदिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बम फाल्ने व्यक्तिको खोजी भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको तुलसीपुरमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो । सभास्थल भन्दा करिब २०० मिटर टाढा बम विष्फोट भएको थियो । कांग्रेस शीर्ष नेताहरु सहितको टोली सदरमुकाम घोराही र तुलसीपुरको सभालाई सम्वोधन गरी मंगलबारै भैरहवा हुँदै काठमाडौं प्रस्थान गर्ने गरि
सक्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्