हिमाल एकाडेमीले मनायो खेलकुद दिवश



लक्ष्मण बस्नेत

दाङ ,१२ मंसिर  


हिमाल एकाडेमी मावि तुलसीपुरले आज आफ्नो १४ औ खेलकुद दिवश भव्य कार्यक्रम गरी मनाएको छ ।
विद्यालयमा स्थापित इन्टर हाउस विच एथ्लेृटिक्सका विभिन्न स्पर्धामा भएको खेलुकद प्रतियोगितामा आर्टिक हाउस १ सय १० अंकका साथ प्रथम स्थान हासील गर्न सफल भएको छ । त्यस्तै प्यासिफीक हाउस ६४ अंकका साथ द्धितिय र अन्टाटीक हाउस ५९ अंकका साथ तृतिय भएका छन । यसैविच अभिभावक विच भएको कुर्सी दौडमा गीता न्यौपाने प्रथम, लिला डाँगी द्धितिय र तारा खनाल तृतिय हुनु भएको छ ।

बालवालिकाको सर्वाङीण विकासको आधार स्तम्भ मानिने सिंगो खेलकुद क्षेत्र भित्रका अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यका साथ विद्यालयले हरेक वर्ष यो दिवश मनाउदै आएको विद्यालयका सहायक प्राचार्य  मुकेश कुमारले बताउनु भयो ।

विद्यालयका प्राचार्य मधुसुदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दाङ जिल्ला खेलकुद पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण बस्नेत,विशिष्ठ अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय कुमार मिश्र, व्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका शिवलाल महतरा लगाएतकाले वधाई तथा शुभकामना मन्तव्य व्यक्त गन भएको थियो ।

सो अवसरमा विभिन्न कला संस्कृती, भेषभुृषा झल्कने नृत्य तथा नेपाली विचको सामाजिक एकता, सहकार्य, आपसी सद्भाव दर्साउने खालाका सन्देशमुलक प्यामिड विद्यार्थीहरुले प्रर्दशन गरेका थिए ।

विद्यालयका शिक्षक नविन कुमार पराजुलीले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतीथी, अतिथीले विजयी हाउस र खेलाडीहरुलाई मेडत तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने विद्यालयका प्राचार्य केसीले अतिथीलाई मायाँको चिनो प्रदान गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्