देशको विकास काँग्रेसले मात्र गर्छ : देउवा



अमिता चौधरी
दाङ, १२ मंसिर 

प्रधानमन्त्री शेरवहादुर देउवाले नेपाली काँग्रेसले जिते मात्रै देशको विकास हुने वताउनु भएको छ । देशको विकासका लागि काग्रेसको जित अनिवार्य भएको वताउँदै त्यसका लागि काँग्रेस मतदान गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि काँग्रेसको जति अनिवार्य सर्त भएको वताउँनुभयो । संविद्यान निर्माणका लागि काँग्रेसले भुमिका खेलेको वताउँदै त्यसको कार्यान्वय पनि काँग्रेसले नै गर्नु पर्ने धारणा राख्नुभयो ।

नेपालमा बाम शक्तिको एकताले ठुलो फरक नपर्ने वताउँदै त्यसका लागि चुनावी मैदानमा खट्न कार्यकर्तालाई निर्र्देशन समेत दिनुभयो । एक फरक प्रसङगमा बोल्दै देउवाले दाङ प्रदेशका राजधानी हुनका लागि उपयुक्त भुगोल भएको वताउँनुभयोे ।

दाङको भौगोलिक बनावट ,हावा पानी सिमा सुरक्षा विविध कोणबाट दाङ राजधानीका लागि उपयुक्त स्थान रहेको धारणा राख्नु भयो । यस्तै चुनावी सभालाई सम्बोधन गर्दे काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौड्लले बाम पन्थी एकताको नाममा जनता झुक्याउँने खेल मात्र भएको वताउनुभयो । नेपालमा काँग्रेसका नेत्रित्वमा शान्ति र स्थायित्व कायम भएको वताउँदै अब त्यसलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्