बम विष्फोटमा परि घाईते भएकाहरुको परिचय खुल्यो



दाङ , १२ मंसिर । दाङको तुलसीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन ।सभा स्थलभन्दा करिब ५ सय मिटर दक्षिणतर्फ बम बिस्पोट हुँदा ८ जना घाइते भएका छन् । इप्रका तुलसीपुरका अनुसार तुलसीपुर १८ का ६ की २३ बर्षिय जेनी वली,शान्तिनगर गाउँपालिका २ का ५० बर्षिय हिमलाल राम्जाली,बबई गाउँपालिका ६ का ३६ बर्षिय नेबबहादुर खत्री,१ ८ बर्षिया सुनिता चौधरी,सल्यान थारमारेकी ४० बर्षिया देवी डीसी,सल्यानको ढोरचौरकी ४५ बर्षिया नरवनी बुढा, तुलसीपुर १८ का २३ बर्षिय विनोद चौधरी घाइते हुनुभएको छ ।

घाइते मध्य तीनजनाको अवस्था गम्भीर रहेको र थप उपचारकालागी नेपागञ्ज रेफर गरिएको राप्ती अञ्चल अस्पतालले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । एक जना व्यक्तिले सडकमा बम फ्यालेर भागेपछि विष्फोट भएको घटनास्थलमा रहेका डि.एस.पी. सुदिल शाहीले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको तुलसीपुरमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्