मुख्य समाचार

जनमोर्चाका उम्मेदवारले बृद्ध बद्धा देखि मजदुर सम्मलाई मतदान गर्न सिकाउँदै

By थाहा अनलाइन

November 28, 2017

सैघाली खबर दाङ,१२ मंसिर । राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो तथा जनभेटघाट कार्यक्रम घोराही उपमहानगरपालिकाको फुर्सेकाली, मसिना, रझेना अम्बापुर नबलपुरका गाउँमा सम्पन्न गरेको छ ।घरदैलो को क्रममा प्रतिनिधि सभा उम्मेदवार गणेश प्रसाद आचार्य ले देशको राष्ट्रियता, स्वाधीनता र अखण्डता को रक्षा का साथै देशका प्राकृति श्रोत साधनहरु को प्रयोग गरि समृद्ध नेपालको निर्माण गर्न को लागि राष्ट्रिय जनमोर्चा को गिलास चिन्ह मा मतदान गरि बिजयी गराउनु पर्ने कुरा बताउनु भयो ।

घरदैलोमा प्रदेश सभा उम्मेदवार खडानन्द खनाल राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रेशम बि. सी.अखिल नेपाल युवक संघ केन्द्रिय सल्लाहकार कासिनाथ पोख्रेल प्रचार प्रसार समिती सयोजक रामबहादुर घर्ती सदस्य मनिराम खनाल टोपाराम भट्टराई मिनु सुवेदी हरि खरेल हरि बन्जाडे शोभाखर आचार्य लगायत का नेता कार्यकर्ता को सहभागिता रहेको थियो ।