मुगुमा जीप दुर्घटना ३ जनाको मृत्यु



सैघाली खबर
मुगु,१३ मंसिर

मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप हिजो राति कालिकोटको अस्पतालमोडमा दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु भएकाहरुमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्