मुख्य समाचार

दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते फेरि मतदान

By थाहा अनलाइन

November 29, 2017

सैघाली खबर काठमाडौं,१३ मंसिर

निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते फेरि मतदान गर्ने निर्णय गरेको छ । रुकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

मंसिर १० गते भएको मतदानमा ती मतदान केन्द्रमा मतदान रद्द भएको थियो । मतदान केन्द्रमा प्रयोग भएको मतपेटिकामा आगलागी भएपछि आयोगले मंसिर १५ गते शुक्रबार मतदान गर्ने निर्णय गरेको हो । आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम (पश्चिम) लाई निर्देशन दिएको छ ।