कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकाको आवागमन बन्द



सैघाली खबर
कैलाली,१३ मंसिर


भारतको लखिमपुर खिरी जिल्लामा आज हुन लागेको नगरपालिकाको निर्वाचनलाई मध्यनजर गरी कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकाको आवागमन बन्द गरिएको छ ।

लखिमपुर खिरी जिल्लासँग सीमा जोडिएका कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकामा हिजो साँझदेखि आज साँझसम्म आकस्मिकबाहेक अन्य आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्