काँग्रेस नेता बालकृष्ण खाँणले भने विप्लव जी वार्तामा आउनुस्




सैघाली खबर
दाङ, १३ मंसिर । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पनि बम बिस्फोट गराउने विप्लव समूहलाई वार्तामा आउन आग्रह गर्नु भएको छ । प्रेस यूनियन दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले हिंसात्मक गतिविधि रोकी तत्काल छलफलमा आउन आह्वान गर्नुभयो । ।

दश बर्षे सशस्त्र द्वन्द्वको समेत वार्ता र छलफलबाट व्यवस्थापन भैसकेको अबस्थामा हिंसात्मक गतिबिधिको कुनै अर्थ नभएकाले आफ्ना जायज माग छलफलमा ल्याउन उउहाँले आग्रह गर्नुभयो । ‘हिंसाबाट कहीं पुगिदैन । जनतालाई अधिकार सम्पन्न गराउने बेला बम पड्काएर के फाइदा हुन्छ ,’ उहाँले भन्नुभयो ‘हामी तपाईंका मागहरुमा छलफल गर्न तयार छौं । वार्ताबाटै मागहरु पूरा गरौं ।’ यदि हिंशात्मक गतिबिधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी वार्ता र छलफलमा नआए कांग्रेस र सरकारले आबश्यक कडा कदम चाल्ने उनले चेतावनी दिए  तुलसीपुरमा मंगलबार भएको बम बिस्फोटबाट एक म्यादी प्रहरीको मृत्यु र आठ घाइते भएको घटनाप्रति भर्त्सना गर्दै उनले यस्ता घटना तत्काल रोक्न पनि आग्रह गरे । मृतकलाई शहिद घोषणा र घाइतेको निशुल्क उपचार व्यवस्था मिलाउन पनि उनले सरकारसँग माग गरे ।

मंगलबार दाङका तुलसीपुर, घोराही र लमहीमा आयोजित सभालाई सम्बोधन गर्न देउवा, पौडेल लगाएतका नेताहरु हेलिकोप्टरमा आएका थिए । सभालाई सम्बोधन गर्ने क्रममा रात परेपछि नेताहरु घोराहीमै बसेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्