वर्षमानको बिप्लवलाई प्रश्न हतियार कस्का लागि हतियार उठाँएको ?




सैघाली खबर
दाङ , १३ मंसिर । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रश्न विप्लव जी कस्का लागि हतियार उठाएको हो ?  प्रेस सेन्टर र प्रेस चौतारी दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुनले यस्तो प्रश्न गर्नु भएको हो ।पुनले चन्दलाई हिजो सँगै हतियार उठाएका मित्रले अहिले गलत समयमा फेरी हतियार उठाउन नहुने तर्क गर्नुभयो ।आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद्, साम्यवाद्सम्म पुग्न सकिने ठाउँ छ, उहाँले भन्नुभयो ‘त्यसैले बम बिस्फोटलाई पैसा असुल्ने स्वार्थमा प्रयोग गर्नेतर्फ सजग हुनुपर्‍यो । हतियार गलत तरिकाले प्रयोग गर्दा भोलि तिनै कार्यकर्ताले नेतालाई नै सिध्याइदिने खतरा हुन्छ ।’

नाफा घाटाका लागि प्रयोग गरिने हतियार गलत तरिकाले प्रयोग हुने बताउनुभयो । कसकाविरुद्ध हतियार चलाउने भन्ने स्पष्ट नभएको धारणा उनले व्यक्त गर्नुभयो । ‘विप्लवजीको हतियार अराजकता र अपराधिकरणका लागि प्रयोग हुन थालेको छ । उहाँका गतिबिधि आपराधिक र अराजनीतिक भैरहेका छन्,’ पुनले भने,‘हिजो जनयुद्धमा आमसभामा कतै बम बिस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।यदि राजनिातिक एजेण्डा छन् भने संगै बसेर छलफल गर्ने सकिने ठाउँ भएको वताउनुभयो ।

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेकोमा पुनले आक्रोश व्यक्त गरे । ‘राज्य पनि आपराधिक क्रियाकलापमा गम्भिर हुन सकेको छैन । राज्य पनि राज्य जस्तो हुन सकेन,’ उनले भने,‘हरेक व्यक्ति निर्भयताका साथ चुनावमा सहभागी हुन पाउने अवस्था राज्यले सिर्जना गर्नुपर्छ । विस्फोट गराउने पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार तयार हुनुपर्छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्