‘सरकार निरिह भो ः अन्नत ’



गिरिराज नेपाली
दाङ, १३ मंसिर । नेकपा माओवादीका नेता एंव पुर्वअर्थमन्त्री वर्षमान पुृन ‘अन्नत’ले अहिलेको सरकार निरिही बनेको टिप्पणी गर्नभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल दाङले बुधवार घोराहीमा आयोजना गरेका पत्रकार सम्मेलनमा नेता पुनले यस्तो बताउनुभयो । अघोषित रुपमा चुनावी विरोधी गतिविधि संगै वामगठवन्धनलाई नै लक्षित गरी भईरहेको आक्रमण निन्दा गर्दै पुनले सरकार मुखदर्शकका रुपमा उभिएको आरोप छ ।

उहाँले भन्नुभयो– ‘ बम काण्ड बारे न कसैले जिम्मा नै लगेको छ , न सरकारले पनि मुख खोल्न सकेको छैन । ’ नेता तथा कार्यकर्ताहरु असुरक्षित महसुस गरेका छौ । ’ सरकारको लाचारिपनको कारण नागरिकहरु हत्तोत्साहिक भईबस्नु परेको उहाँले बताउनुभयो । नेपाली जनताले पछिल्लो निर्वाचनको रौनक संगै राज्यको महसुस गर्न नपाईरहेको पुनले भन्नुभयो – ‘ सरकार छ भने तत्काललै यो बमको जोखिम मुक्त पार की ! बमकाण्ड गर्नेहरु लाई सार्वजानिक गर । ’ अघोषित रुपमा भईरहेको बमबारीका कारण मंगलवार मात्रै दाङका एक म्यादी जवानको ज्यान गुमेकाले सरकारले सुरक्षाका सवालमा अति संवेदनशिल बन्न जरुरी रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो– अघोषित नागरिक माथि भइरहेको बमकाण्डले सुस्त युद्धको शंज्ञा गरेको भन्दै थप्नुभयो– नेपाली जनता युद्ध चाहेका छैनन । ’ शान्ती र समृद्धि चाहेकाले शान्तीको वाटोमा आउन पनि चुनावी विपक्षहरु लाई आग्रह गर्नुभयो । अघोषित रुपमा विप्लव जीले बमकाण्ड मच्याएको सुन्नमा आएको उल्लेख गर्दै नेकपालाई कटाक्ष गर्दै भन्नुभयो– ‘ क्रान्तीले असल र सफल भैन भने भोली आफैलाई सिध्याउन छ । ’

जनता मारको बाटो नरोज्नुहोस् विप्लव कमरेड आउनु लोकतान्त्रिक विधिमै विमतीका सवाललाई सुल्झाउ । उहाँले विप्लव कमरेडको अघोषित युृद्धता संग सरकारले निरहीता प्रकट गर्दै स्वीकारता जनाएको पनि आरोप लगाउनुभयो ।

मुलुकको स्थायित्व र समृद्धिका लागि जनताको उत्साह र चाहान अनुरुप नै ३२ जिल्लामा स्थानिय तहको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनको उत्साहमा होमिएको छन । कसैले बम हान्दैमा चुनाव रोकिने र विथोलिदैन । लोकतान्त्रिक मुल्यमान्यतामा रही मुलुकको व्यवस्था र अवस्था परिवर्तन समाजवादको दिशामा मुलुकलाई डो¥याउने छौ । उहाँले भन्नुभयो– ‘वामको जीत नै नेपाली जनताको जित हो । ’

पत्रकार सम्मेलनमा वोल्दै नेता पुनले दाङ राजधानी बाम गठवन्धनको पहिलो प्राथामिक्तामा रहेको बताउनुभयो । दाङ प्रादेशिक राजधानी वनाउने वाम गठवन्धनको प्रारम्भीक प्रस्तावित खाकामा समेत निर्माण भईसकेकाले दाङ राजधानी बन्ने उहाँले बताउनुभयो । त्यो निश्चित जस्तै छ । तर लोकतान्त्रिक पक्षधरहरुले त्यसमा केही अड्कोवाजी गरेको पनि आंशका व्यक्त गर्नुभयो ।

रोल्पाको चुनाव सकेर दाङ झरेका पुनले दाङ नै पश्चिम नेपालको केन्द्रधार रहेकाले दाङको विकास आधार पहिल्याउदै थालेको पनि बताउनुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एंव नेकपा माओवादीका नेता एंव पुर्व अर्थमन्त्री वर्षमान पुन ‘अन्नत’ को प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टिका बस्नेतको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माले गर्नभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्