सैघाली खबर,
काठमाडौं, १३ मंसिर –। पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका बुधबारसम्ममा सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्याएको छ ।
डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।
दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।