सैघाली खबर,
दाङ १३ मसिंर।
जिल्लामा केहि दिन यता भइराखेको बमबिस्पोट तथा गैरराजनैतिक कुयाकलाप प्रति उप्रधानमन्त्री एवं दाङ क्षेत्र नं। प्रतिनिधिसभा
सदस्य उम्मेदवार । कृष्णबहादुर महरा ले एक बिज्ञप्ती जारी गरी दुख ब्यक्त गर्नु भएको छ।तुलसीपुरमा मगंलबार तुलसीवोडिङ चोक नजिकै भएको बम विष्फोटबाट तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ का म्यादी प्रहरी विनोद चौधरीको निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनलाई धर्यधारण गर्ने सक्ति प्रदान होस् भन्दै समवेदना व्यक्त,साथै बम विष्फोटबाट घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ।
निर्वाचनको संघारमा आइपुग्दा सर्वसाधारणलाई त्रर्सीत पार्ने गरेर विभिन्न स्थानमा विभिन्न समयमा बम विष्फोट जस्ता गैरराजनीतिक गतिविधि भइरहेको भन्दै यो अत्यन्त गैरराजनीतिक र अराजक गतिविधि भएकाले देशमा राजनीति स्थित स्थापना गर्न र मुलुकलाई संमृद्धिको बाटोमा लैजाने गरेर हुन लागेको निर्वाचनलाई असर पर्ने गरी कसैले पनि यस्तो कार्य नगर्न आग्रह गर्नु भएको छ।
साथै यस्ता गैरराजनीतिक गतिविधिबाट राजनीतिक गतिविधिमा अर्थात लोकतान्त्रिक अभ्यासमा आउन पनि सम्बन्धित पक्षलाई आग्रह गर्दै, ।
यस्ता अराजनीतिक गतिविधिबाट कत्तिपनि विचलित नहुन सम्पूर्ण सर्वसाधार एवं मतदाताहरुप्रति अनुरोध गर्दै यहाँको शान्ति सुरक्षालाई बलियो र सुरक्षित बनाउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिनु भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।