निर्वाचन र मानव अधिकार सम्बन्धी छलफल सम्पन्न



सैघाली खबर

बाँके,१३ मंसिर

मंसिर २१ गतेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेको हिरमिनियामा निर्वाचन र मानव अधिकार सम्बन्धी छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा प्रखुम अतिथि डुडुवा गाँउपालिका वडा नं. ६ हिरमिनियाका अध्यक्ष मोहन कुमार मिश्राले लामो समयको सङ्घर्षबाट नै नेपाली जनताले प्रगतिशिल संविधान प्राप्त गरेको समयमा प्रगतिशिल संविधानलाई कार्यन्वयन गर्ने माध्यम भनेको निर्वाचन प्रणाली विथोलियो भने राष्ट्रले ठूलो घाटा व्यहोर्नु धारणा व्यक्त गर्नुभयो ।

तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) उप क्षेत्रीय कार्यालय नेपालगंज र डुडुवा गाँउपालिकाको वडा नं. ६ हिरमिनियाको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा थर्ड एलायन्सका संघीय मानव अधिकार संयोजक प्रवीण कुमार यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको र दोस्रो चरणको चुनावी सर्गमी बढिरहेको समयमा स्वच्छ वातारणमा निर्वाचन सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिनका लागि छलफल आयोजना गरिएको बताउनु भयो ।

५ नम्बर प्रदेशका केही जिल्लामा उम्मेद्वार प्रति लक्षित बम प्रहार जस्ता घटनाहरु घट्नुले राष्ट्रि तथा अन्तर्रा्ष्ट्रिय स्तरमा सुरक्षा अवस्थामा चाँसोको विषय भएको समेत उहाँले कार्यक्रममा धारणा राख्नु भएको थियो ।

थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले जिल्लामा मानव अधिकार हनन् हुन नदिन जिल्लाका सुरक्षा निकायहरुसँग भेटघाट निरन्तर जारी रहेको बताउनु भएको थियो । मानव अधिकार सुनिश्चित गर्न निर्वाचन सम्बन्धि हरेक क्रियाकलापहरु मानव अधिकारबाट निगरानी गरी नागरिक अधिकार सुनिश्चित गर्ने उहाँले कार्यक्रममा बताउनुभयो ।

इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी नायब निरिक्षक प्रशुराम केसीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा संयन्त्रहरु सक्रिय भएर लागेको बताउदै खुल्ला सिमानाका कारण केही चुनौति भए पनि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त सिमा गस्ती र चेक जाँच बढाएको बताए ।

छलफल कार्यक्रममा स्थानीयहरुले प्रहरीले सिके राउतको समर्थक भन्दै सर्बसाधारणहरुलाई नियन्त्रणमा लिने र बन्दी बनाउने कार्य गरीरहेको कार्यको भत्र्र्सन गरेका थिए । उनीहरुले प्रहरीले सिके राउतको समर्थक भन्दै हिरमिनियाबाट पक्राउ परेका बेद प्रकाश सिहं कुनै पनि संगठनमा आबद्ध नभएकोले तत्काल रिहाई गराई निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।

उक्त छलफल कार्यक्रममा स्थानीय संचारकर्मी, सामाजिक अगुवा, प्रहरी र स्थानीय निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्