मुख्य समाचार

प्रचण्डको चुनावी अभियान चलिरहँदा चितवनमा बम भेटियो

By थाहा अनलाइन

November 29, 2017

सैघाली खबर, चितवन १३ मसिंर।। माओवादी केन्द्रका अध्यक्ष तथा चितवन ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डकोचुनवी अभियान चल्दैगर्दा चितवनको भरतपुर महानगरपालिकास्थित चिहानडाँडामा बम भेटिएको छ। बुधबार बिहान वडा नम्बर २४ को दीपचोक, ध्रुवबजारलगायतका स्थानमा घरदैलो कार्यक्रम चल्दैगर्दा १ किलोमिटर दूरीमा रहेको चिहानडाँडामा प्रेसर कुकर बम विस्फोट भएको हो । प्रेसर कुकर बम भेटिएको भन्ने जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।