(डिआइडि)को डाइरेक्टर्स राउण्ड का लागि उच्च प्रबिधियुक्त साउण्डसिस्टम सौजन्य समाजसेवि गोपाल कँवरले गर्ने



बिष्णुकुमार देवकोटा
दाङ १३ मंसीर ।

राष्ट्रव्यापि नृत्यको महासंग्राम डान्स आइकन दाङ (डिआइडि)को डाइरेक्टर्स राउण्ड का लागि उच्च प्रबिधियुक्त साउण्डसिस्टम चिल्लि नाईटस् रेष्टुरेण्टका प्रोपराईटर समाजसेवि गोपाल कँवरले गर्नुहुने भएको छ ।

डान्स आइकन दाङ राष्ट्र व्यापि भव्य कार्यक्रम भएकाले आफुले दाङ जिल्लाको समग्र बिकास र प्रान्तिय राजधानि बन्न सक्न संभावनालाई मध्येनजर गर्दे निरन्तर सहयोग गर्न लागेको कँवरले बताउनु भयो । डीटेन इनटरटेन्मेन्ट प्रा.लिले दाङ जिल्लालाई आधार बनाएर आयोजना गरेको नृत्को महासंग्रामले नव प्रतिभाहरुको आफ्नो प्रतिभा प्रस्फूटन गर्ने भव्य मञ्च प्रदान गरिराखेको हुँदा आफु यसबाट प्रभावित भएको गोपाल काँवरले बताउनुभयो ।

राजधानि बन्न यहाँको कला संस्कृतिको पनि बिका भएको हुनुपर्छ त्यो डान्स आइकन दाङ सिजन २ ले प्रदान गरिरहेको भन्दै कँवरले डि टेन इन्टरटेन्मेन्टलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डीटेन इन्टरटेन्मेन्ट प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटा र गोपाल कँवर विच आजै सम्झौतामा हस्ताक्षर गरिएको मिडिया पार्टनर सि.एन. मिडियाका डाइरेक्टर सुदन नेपालले जानकारी दिनुभयो । यसै विच डान्स आइकन दाङ सिजन २ लाई सहयोगको क्रम जारी रहेको संयोजक दिपक वलिले बताउनुभयो ।

सिजन १ को भव्य सफलतापछि संचालनमा आएको सिजन २ को मेगा राउण्ड गत शनिबार दाङको घोराहीमा सम्पन्न मेगा राउण्ड बाट ९९ जना प्रतिस्पर्धीहरु डाइरेक्टर्स राउण्डका लागि छनौट भएको रणनैतिक संजक बिष्णुकुमार देवकोटाले बताउनुभयो ।

दाङ जिल्ला बाट केन्द्रिय टेलिभिजनबाट प्रशारण गर्ने गरी राष्ट्रव्यापि बनाइएको सिजन २ सर्वाधिक धनरासिको रहेको छ जसलाई पिएमपि पोल्ट्रि फर्म एण्ड फ्रे हाउस नारायणपुरले टाइटल प्रायोजन गरेको छ भने जिल्लाका सफल व्यवसायि तथा समाजसेविहरुले निरन्तर सहयोग गर्दे आइरको छन् । सिजन २ को डाइरेक्टर्स राउण्ड पौष ८ गते दाङमा आयोजना हुने आयोजकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्