जनमोर्चाको घोराहीमा घरदैलो




सैघाली खबर
दाङ,१३ मंसिर राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो तथा जनभेटघाट कार्यक्रम घोराही बजार को १४ र १५ वडाका विभिन्न टोलहरुमा सम्पन्न भएको छ ।घरदैलो को क्रममा प्रतिनिधि सभा उम्मेदवार गणेश प्रसाद आचार्य ले भ्रम र जाली राजनीतिक को पछि नलागेर नैतिकता को राजनीति स्थापित गरि राष्ट्रियता स्वाधीनता र अखण्डता स्थापित गर्न राष्ट्रिय जनमोर्चालाई बिजयी गराउनु पर्ने , त्यसको लागि गिलास चिन्ह मा मतदान गर्न आग्रह गर्नुभयो ।कार्यक्रम मा प्रदेश सभा उम्मेदवार खाडानन्द खनाल राजमो जिल्ला अध्यक्ष रेशम बि सि प्रचार प्रसार समिती सयोजक रामबहादुर घर्ती कासिनाथ पोख्रेल हरि खरेल मनिराम खनाल लिला बहादुर पुन रामकुमार चौधरी लगायत का नेता कार्यकर्ता को सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्