यी ८ कुरा पालना गरे कोरोनाबाट बच्न सकिन्छ !



काठमाण्डौ । कोरोनाभाइरसले अहिले संसारलाई नै आक्रान्त पारिसकेको छ । यसबाट बच्ने उपायहरू पनि चिकित्सकहरूले लगातार बताइरहेका छन् । स्वास्थ्य विशेषज्ञहरूले बताएका यी उपाय अपनाएर कोरोनाबाट बच्न सकिन्छ

१- भाइरसबाट बच्न सरसफाइ अति नै आवश्यक छ । आफूवरिपरि सफा राख्नुस् । खोक्दाखेरी टिस्युलाई मुखमा राख्नुस् अनि खोकेपछि टिस्युलाई छोपेको डस्टबिनमा फ्याँक्नुस् । समय समयमा हात धुनुस् ।

२- राम्ररी हात धुनका लागि साबुन वा स्यानिटाइजर प्रयोग गर्नुस् । २० सेकेन्डसम्म हातलाई मज्जाले सफा गर्नु जरूरी छ । हात धोएपछि सफा कपडाले पुछ्नुस् ।

३- घरबाट निस्कँदा मुखलाई एन९५ मास्कले ढाक्नुस् ।

४- बजारमा किनेको खाल्पदार्थ काँचै नखानुस् । मासु पा हरियो सागपात खानुअघि मज्जाले उमाल्नुस् ।

५- नचिनेको मानिससँग निकट सम्पर्क नराख्नुस् । सकेसम्म कसैसँग हात नमिलाउनुस्, मिलाएपछि राम्ररी हात धुनुस् ।

६- आँखा, नाक र मुखमा घरिघरि हात नलग्नुस् । त्यसो गर्नेबित्तिकै हातमुख राम्ररी धुनुस् ।

७- खोकी, रुघा र ज्वरो छ अनि सास फेर्न गाह्रो भइरहेको छ भने छिट्टै चिकित्सककहाँ गइहाल्नुस् ।

८ -चिकित्सकको सल्लाहलाई नियमित रूपमा पालन गर्नुस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्