सागः पदक विजेता खेलाडीको खातामा पठाइयो रकम



काठमाडौं । नेपालमा पाँच महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०का पदाधारी खेलाडीलाई नगद पुरस्कार दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३ औं सागमा नेपालका लागि पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई कुल १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार दिइएको हो ।

खेलाडीले पाउने पुरस्कार रकम सोझै उनीहरुको बैंक खातामा पठाइएको छ ।

साग सम्पन्न भएको झण्डै पाँच महिनापछि सरकारले सबै पदाधीकारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको हो ।

चैत मसान्तबाट खेलाडीको खातामा पैसा हाल्न सुरु गरिको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सबै खेलाडीको खातामा पैसा हाल्ने काम हिजो सकिएको हो ।

मन्त्रालयले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा भएको पैसा वितरण गरेको हो ।

नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २ सय ६ पदक प्राप्त गरेको थियो ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कास्यलाई २ लाखका दरले पुरस्कार पठाइएको थियो ।

पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्