चेम्बर अफ कमर्शले- लमहीमा गर्याे रेखाङ्कन



 

पवन पाेख्रेल
लमही दाङ 
लमही चेम्बर अफ कमर्शले-सामाजिक दुरि कायमका लागि लमहीमा गर्याे रेखाङ्कन कोरोना भाइरसको संक्रमणको खतराबाट बच्न, आवश्यक चिजबस्तु खरिद बिक्रि गर्न सामाजिक दुरि कायमका लागि लमहीकाे भिडभाड हुने विभिन्न ठाउहरूमा रेखाङ्कन गरेकाे छ ।

विश्वभरी सवै जसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरीबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा सुरक्षितहुन कोरोना भाइरस विरुद्धको कुनै खोप नआएसम्म वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन् ।
।सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो ।चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले जानकारी दिनुभयो ।

हिजाेमात्र सोलुखुम्बुबाट हिडेर लमही आईपुगेका ८ जना मजदुरहरुलाई स्थानिय सरकारको सहयोगमा उद्धार गरेकाे उपाध्यक्ष सशिराम नेपाली ले जानकारी दिनुभयो ।

लमही नगरपालिकाले सुरू गरेकाे विपत व्यवस्थापन राहतकाेषमा लमही चेम्बर अफ कमर्सले १ लाख सहयाेग गरेकाे थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्