४ वर्षपछि नेपालमा आजबाट बाघ गणना सुरु हुँदै



सैघाली खबर
काठमाडौं ,१४ मंसिर

बाघ गणना आजदेखि सुरु हुँदैछ । आजदेखि पर्सा बन्यजन्तु आरक्षबाट बाघ गणना गर्न लागिएको हो । वनविभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्या्पिङ’ पद्धतिद्वारा बाघ गणना गरिन लागेको हो ।

पर्सा वन्यजन्तु आरक्षबाट गणना सुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सम्म पुगेर झण्डै तीन महिनाको अवधिमा बाघ गणना सक्ने योजना छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमादुवै देशको वन क्षेत्रलाई आफ्नो बास स्थान बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्न लागिएको हो ।

बाघ गणनाको काममा विश्व वन्यजन्तु कोष, जेडएसएल, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्ज अन्तर्गतका कर्मचारी, मध्यवर्ती क्षेत्रका संरक्षणकर्मी लगायतको सहभागिता रहने छ ।

नेपालमा यसअघि २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकोमा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । चितवन निकुञ्ज बाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । यसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य रहेको छ । पाटे बाघ नेपाल सहित संसारका १४ देशमा पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्